राजीनामा दुईचार दिनलाई टर्‍यो : माधव नेपाल

राष्ट्रपाटी न्युज

३० बैशाख २०७८

काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

अध्यक्ष केपी ओलीसँग बुढानीलकण्ठमा भएको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग उनले भने, ‘राजीनामा दुईचार दिनलाई ट¥यो ।’

छलफल जारी राख्ने गरी बाहिरिएको उनले बताए । उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने, सर्वोच्चको फैसलाबमोजिम जेठ २ को अवस्थामा पार्टीका सबै कमिटीलाई पुर्याउने र पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने, छलफल जारी राख्ने कुरा भएको छ । कुरा जारी छ । राजीनामा दुईचार दिनलाई ट¥यो, मिल्ने दिशामा अगाडि बढ्न खोजेका छौँ ।’
नेपालले पार्टीभित्रको आन्तरिक विवाद मिल्ने दिशामा अगाडि बढेको बताए । सञ्चार उद्यमी रामेश्वर थापाको चपलीस्थित निवासमा भएको करिब चार घन्टाको छलफलमा कार्यदल बनाउने समझदारी जुटेको छ ।
उनले छलफल सकारात्मक दिशामै अगाडि बढेकाले दुईचार दिनका लागि सामूहिक राजीनामाको सम्भावना टरेको र सहमतिको आधारमै सबै विषय टुंगो लगाउने प्रयास गरिने उनले बताए ।


Published :३० बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media