लकडाउनमा नेविसंघको मसाल जुलुस

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले राजधानीमा मसाल जुलुस निकालेको छ । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले जडिबुटीमा मसाल जुलुस निकालेको हो ।
संविधान बिपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जवरजस्त रुपमा संसद् विघटन गरेको उनीहरुको आरोप छ । उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

 


Published :जेष्ठ ८, २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media