मेलम्ची बाढीमा २२ किलोमिटर बगेको भैँसी व्यायो

सिन्धुपाल्चोक। गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी व्याएको छ । बुधबार राति बेथा लागेपछि पशु स्वास्थ्य प्राविधिकको सहयोगमा पाडो निकालिएकोहो । पाडो भैँसीको पेटमै मरेको पाइएपछि निकालिएको थियो ।
हिजो बेलुका ७ बजेदेखि भैँसीलाई बेथा लागेको र पाडो आफै निस्कन नसकेपछि राती साढे ११ बजे पशु स्वास्थ्य प्राविधिकलाई बोलाएर साढे १२ बजेतिर पाडो निकालियो हो।
भैँसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।


Published :११ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media