बूढानीलकण्ठ नगरपालिकाकाे आठाैँ नगर सभा सकियो

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाकाे आठाैँ नगर सभा असार १८ गते सम्पन्न भएकाे छ ।
यस बैठकमा राजस्व परामर्श समिति, सुशासन समिति, विधेयक समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समिति गरी जम्मा ८ वटा समितिद्वारा संसाेधन सहितको प्रतिवेदन सभामा छलफल भइ पारित भएकाे छ ।
यसका साथै, नगरपालिकाकाे आ.व. २०७८/०७९ काे निति तथा कार्यक्रम, असार ९ गते पेश गरिएकाे आर्थिक विधेयक, विनियाेजन विधेयक र आ.व. २०७८/०७९ काे अनुमानित आय व्यय पारित भएकाे छ ।
सभामा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगरसभा सदस्यहरू र सल्लाहकारहरू, नगरपालिकाका कर्मचारीहरू लगायतको उपस्थिति रहेकाे थियाे ।


Published :१८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media