वूढानिलकण्ठ १० मा ५० जना युवासंघमा प्रवेश, ७१ सदस्यीय कमिटि गठन

राष्ट्रपाटी न्युज

३० श्रावण २०७८

काठमाडौं। वूढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेको जनबर्गिय संगठन रास्ट्रिय युवा संघ नेपालको बृहत युवा भेला एबम कमिटि पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा राजन श्रेष्ठको नेतृत्वमा ७१ सदस्यीय वडा कमिटी घोषणा गरिएको छ।

साथै उक्त कार्यक्रममा ५० जना भन्दा धेरै युवाहरु अविर र खादा लगाएर युवा संघमा प्रवेश गरेको नेकपा एमाले बुढानिलकण्ठ -१० का अध्यक्ष जगत निरौलाले जानकारी दिएका छन्।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को मिलनचोक पार्टी भेन्युमा आयोजना गरिएको भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराई प्रमुख अतिथिको रुपमा रहेका थिए भने रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय नेताहरु रामजी सापकोटा,प्रकास गौतम,जय गुरुङ्ग, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर रमादेवी राई, काठमाण्डौ जिल्ला कमिटी सदस्यहरु संगम गहतराज ,मिठाराम अधिकारी,विदुर विक्रम खड्का,लक्ष्मी संग्रौला, वडाध्यक्ष एबम नगर युवा इन्चार्ज नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी , वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई लगायत अतिथि रहेका थिए।

नेकपा एमाले बुढानिलकण्ठ -१० का अध्यक्ष जगत निरौलाको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको संचालन सचिव शम्भु पौडेलले गरेका थिए।

रास्ट्रिय युवा संघ नेपालका तत्कालिन नगर सम्योजक कर्ण तामांगले अन्य वडामा समेत कमिटीहरुको पुनर्गठन अभियान शसक्त रुपमा अघि बढ्ने जानकारी दिएका छन्।

 

 


Published :३० श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media