नेपाल समुहको ६५ सदस्यीय युवा संघ बूढानिलकण्ठ कमिटी गठन

राष्ट्रपाटी न्युज

३० श्रावण २०७८

काठमाडौ। नेकपा एमालेको माधव कुमार नेपाल समुहले देशब्यापी रुपमा आक्रामक ढंगले संगठन निर्माण अभियान संचालन गरिरहेको छ। यसै सन्दर्भमा यो समुहले आज युवा सघं नेपाल बुढानिलकण्ठ नगर कमिटी गठन गरेको छ।काठमाडौ महानगरपालिका ६ मा रहेको कपन पार्टी प्यालेसमा सम्पन्न भएको उक्त कार्यक्रमबाट आकाश श्रेष्ठको नेतृत्वमा ६५ सदस्य कमिटी गठन भएको छ।

युवा सघं नेपालका केन्द्रीय सदस्य मनोज श्रेष्ठको सभापतित्व एबम रामशरण सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले समानान्तर जिल्ला कमिटी सचिव एवम प्रदेश साम्सद कुसुम कुमार कार्की रहेका थिए भने अतिथिको रुपमा जिल्ला अध्यक्ष गौरीशंकर राणा,निरन्जन नेपाल, दिपु बस्नेत रहेका थिए।

उक्त कार्यक्रममा स्वागत मन्तव्य बिष्णु भट्टराईले राखेका थिए भने निरन्जन नेपाल, दिपु बस्नेत लगायतले समेत आफ्नो विचार राखेका थिए। अबको राजनीति युवाको काँधमा रहेको र सभ्य अनुसाशित भएर जनताको काममा लाग्न आग्रह गर्दै उनीहरुले कोरोनाको माहामारीमा आफू बच्दै टोल समाजलाइ समेत बचाउन सक्रिय रहन आग्रह गरेका छन् ।

 


Published :३० श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media