काठमाडौं । नेकपा एमालेको बिभाजन पछि बनेको नेकपा एकीकृत समाजबादीमा जनप्रतिनिधिहरुले सनाखत गर्ने मिति यही भाद्र २२ गते सम्म तोकिए पछि एमालेको सुर्य चिन्ह लिएर निर्बाचित भएका संघीय सांसद देखि स्थानीय जनप्रतिनिधि सम्म कता रहने भन्ने बिषय अत्यन्त महत्वपूर्ण बनेको छ। देशब्यापी रुपमा जनप्रतिनिधिहरु कतिजना र को को समाजबादी तिर लाग्छन भन्ने आम चासो छंदै नै छ। एमाले भित्र नै सामानन्तर कमिटि गठन गरेर पार्टी बिभाजनको तयारीमा लागेका बेला सामानन्तर गतिविधिमा सक्रिय रहेका मध्यपन्थ भनेर चिनिने १० जना नेताहरु एमालेतिर नै रहने भएपछि माधव नेपालको पार्टीलाई ठुलो झड्का लागेको थियो। खास गरि १० बुंदे कार्यान्वनको बिषयलाई मुख्य मुद्दा बनाएर एमालेमा नै रहने देखिएपछि माधव नेपालको सामानान्तर कमिटि भित्र पनि ठुलो बिभाजन देखिएको छ।
हिजो माधव नेपाल गुटलाइ समर्थन गरेका तर आज एमालेमा नै रहन चाहने नेता कार्यकर्ताको हकमा दश बुंदे कार्यान्वयन अत्यन्त महत्वपूर्ण बनेको छ। बिभिन्न जिल्लामा यसको कार्यान्यवनको प्रक्रिया शुरु भैसकेको छ।
त्यस्ता ठाउंहरुमा जेठ २ अघिको बैठक बोलाएर धेरै नेता कार्यकर्ताहरुको फेस सेभिङ्ग सहित एमालेमै रहने बातावरण पनि सिर्जना गरिएको बताइन्छ।
यसैबीच बूढानिलकण्ठ नगरपालिकामा पाँच जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन। सनाखत गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, सदस्यहरु धनमाया डंगोल र बबिता रम्तेल रहेका छन् भने वडा नं १ का अध्यक्ष श्याम वाइबा र वडा नं ११ का सदस्य बिमल लामा रहेका छन। अझै केहि जनप्रतिनिधिहरुले सनाखत गर्न बाँकी रहेको बताईएको छ।
जनप्रतिनिधिहरु मात्र नभई हिजो माधव नेपाल गुटमा लाग्ने तर हाल एमालेमै रहन चाहने थुप्रै नेता कार्यकर्ताहरुले जेठ २ को कार्यान्यवनको प्रक्रिया शुरु हुने अपेक्षा राखेका छन्। तत्कालिन अबस्थामा बूढानिलकण्ठ नगरपालिकाको जेठ २ अगाडी दिपक निरौला संयोजक तथा कुशुम कार्की, धुर्व राज न्यौपाने ,श्रीकृष्ण श्रेष्ठ ,बालकृष्ण श्रेष्ठ र संगम गहतराज सदस्य रहेको कमिटि को बैठक बस्नुपर्ने, तत्कालिन अवस्थाका वडा कमिटीहरुको समेत बैठक भएमा आफुहरु एमालेमै रहने एकजना नेपाल पक्षीय स्थानीय नेता बताउंछन्।
यसैबीच तत्कालिन नेकपा एमाले संयोजक दिपक निरौलाले राष्ट्रपाटी संग कुरा गर्दै नेपाल गुटमा लागेका तर हाल एमालेमै रहन चाहनेहरुलाई तत्कालिन अवस्थाको जेठ २ अगाडिको नै जिम्बेबारी प्रदान गरिने बताएका छन्। जेठ २ कार्यान्यवन गर्न अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बनेको बागमती प्रदेशको समितिको बैठक नबसेको र कुनै अन्तर पार्टी निर्देशन नआएको बताउदै उनले अब पार्टी अगाडी बढिसकेको र अब छिटै वडा तथा नगर अधिवेशन संचालन गरिने बताएका छन्। एमाले पार्टी मै रहन चाहनेहरुलाई व्यबस्थापन गरिने बताउंदै उनले अब तत्काल जेठ २ अगाडिको बैठक बस्ने सम्भावना नरहेको समेत जानकारी गराएका छन्। नेकपा एमाले काठमाडौ जिल्ला सचिव समेत रहेका उनले काठमाडौ जिल्लामा अहिले सम्म कसैलाई पार्टीबाट कारबाही नगरिएको र हालै नेकपा एकीकृत समाजबादीमा सनाखत गर्ने बालकृष्ण श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुलाइ कारबाही गरिने समेत बताएका छन्।