काठमाडौ। बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० बिष्णु मार्ग, साततलेमा रहेको निष्ठा महिला समूहको दोस्रो साधारणसभा, पहिलो अधिवेशन र सामाजिक परीक्षण सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता तथा अध्यक्ष उमा सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा निबर्तमान सचीव शोभा गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पार्वती अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
आज सम्पन्न अधिवेशनले शोभा गौतमको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। उक्त नवगठित समितिमा उपाध्यक्ष नम्रता चन्द, सचिव उर्मिला कोईराला, कोषाध्यक्ष पार्वती अधिकारी, सहसचिव स्वस्ती उपाध्याय र सदस्यहरुमा मीना निरौला र सविता थापा चयन भएका छन्।