अनेरास्ववियूको नेतृत्व पुनर्गठन, अध्यक्ष र महासचिवमा बराल र बडाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व पुनर्गठन भएको छ । शनिबार बसेको अनेरास्ववियूका केन्द्रीय सचिवालय बैठकबाट अध्यक्षमा सुनिता बराल, वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा उमेश आचार्य, महासचिव समिक बडाल, उपमहासचिवमा नारायण घर्ती चयन भएका हुन्। साथै बैठकले अनेरास्ववियुको २३ औं महाधिवेशन आगामी चैत २२ देखि २४ मा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको सचिवालय बैठकमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओली, विद्यार्थी फाँटका इन्चार्ज खिमलाल भट्टराई, अनेरास्ववियूका पूर्वअध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गरेका थिए ।


Published :अशोज २, २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media