कांग्रेसको केन्द्रिय सदस्यको उमेद्वार बन्दै गोपाल बहादुर शाह

राष्ट्रपाटी न्युज

७ आश्विन २०७८

बर्दिया। नेपाली काँग्रेस सङ्घीय मामिला तथा प्रदेश समन्वय विभागका सदस्य गोपाल बहादुर शाह १४ औँ वडा अधिवेशनमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

उनि क्रियाशील सदस्यहरुको सदर १ सय ३५ मत मध्ये ७८ मत प्राप्त गरि निर्वाचित भएका हुन्। आफ्नो वडाबाट अत्याधिक मत सहित विजय भएका शाहको माहाधिवेशन प्रतिनिधि हुँदै नेपाली कांग्रेसको निर्बाचित केन्द्रिय सदस्य बन्ने योजना रहेको छ।

बर्षौ देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शाह संक्रमणकालिन न्याय प्रक्रियाका राष्ट्रिय अभियन्ता पनि हुन्। शसस्त्र द्वन्द्वको नाममा भएका चरम मानव अधिकार उल्लंघनका घटनाको छानबिन सहित दोषीलाई दण्डित गर्नुपर्ने माग सहित उनि बर्षौ देखि राष्ट्रिय एबम अन्तराष्ट्रिय मन्चमा आफ्नो अभियान संचालन गरिरहेका छन्।

देशको राजनीतिले सहि ट्रयाक लिन नसकेको हालको परिस्थितिमा नेपाली कांगेसको शसक्त र नेतृत्वदायी भूमिका अझ आबश्यक रहेको भन्दै उनले अब कांगेसलाई शुद्दिकरण गर्दै अगाडी बढ्न पनि आफु नेतृत्वमा आउन चाहेको बताएका छन्।

यसैगरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बाट निर्बिरोध रुपमा युवा नेता राजीव बहादुर शाह वडा सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै उक्त वडाबाट खुल्लातर्फ ट्रेड युनियन काँग्रेस बर्दियाका अध्यक्षसमेत रहेका डबल सिंह साउद तथा संघर्षशिल युवा नेता बिरेन्द्र देव पुरी क्षेत्रीय प्रतिनिधि विजयी भएका छन् ।

निर्वाचित वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिहरुलाई नेपाली काँग्रेस सङ्गठन विभागका केन्द्रीय सदस्य अरुण प्रकाश सिंह राठोरको प्रमुख अतिथित्यमा प्रमाणपत्र वितरण गरिएको थियो।


Published :७ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media