जिरीमा चहलपहल, जिरी च्याम्पियनसीप-२०७८ हुँदै

राष्ट्रपाटी न्युज

१० कार्तिक २०७८

दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा खेलकुद क्षेत्रमा सक्रिय संस्था युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिका र दोलखा समाज जापानको समन्वयमा जिल्लाकै ठुलो धनराशिको भलिबल खेल र म्याराथन दौड समेटिएको “जिरी च्याम्पियनसीप २०७८” प्रतियोगिता आयोजना गरिएको युवा संञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिएका छन् ।

गत वर्षहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्दै खेल क्षेत्रमा लोकप्रियता बनाएको युवा संञ्जाल जिरीले यस वर्ष पनि बागमती प्रदेश भित्र अन्तरपालिका भलिबल तथा खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो।खेल आगामी कात्तिक १२ गतेदेखी १५ गतेसम्म चल्ने र बागमती प्रदेश भित्रका सबै गाउँपालिकाले भाग लिन पाउने छन्।

यस सञ्जालले यस अघि पनि दोलखा जिल्लाकै सर्वाधिक धनराशि भएको जिरी च्याम्पियनसीप,राष्ट्रिय हुचिल तथा लाटोकोसेरो उत्सव,जिरी सि्ट्रट फुड फेस्टिभल लगायतका कार्यक्रम संचालन गरिसकेको छ। कोरोना भाइरसको महामारीले विगत दुई वर्ष देखी थलिएको खेलकुद क्षेत्रलाई दोलखामा चलयमान बनाउन पनि यो खेल महत्त्वपूर्ण भएको आयोजक समितिले जनाएको छ।

कोरोनाले ठप्प बनेको जिरीको पर्यटन बजार ,ब्यापार व्यवसायलाई पुनः चहलपहल र पुरानो लयमा फर्काउन जिरी च्याम्पियनसीपले थप उर्जा थप्ने स्थानीय यूवा एबम यूवा संघ नेपालका केन्द्रिय सदस्य बिशाल काफ्ले खत्री बताउंछन् ।

समितिले भलिबल खेलको प्रथम पुरस्कार एक लाख नगद ,ट्रफी,मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार ५० हजार,ट्रफी,मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार २५ हजार नगद ,ट्रफी,मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार १०हजार नगद तथा प्रमाणपत्रदिने निर्णय गरेको छ। त्यसैगरी म्याराथान तर्फ प्रथम पुरस्कार २० हजार नगद,ट्रफी, मेडल र प्रमाणपत्र,द्वितिय पुरस्कार १० हजार नगद, ट्रफी,मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार ५हजार नगद, ट्रफी,मेडल र प्रमाणपत्र दिने खेल आयोजक समितिले जनाएको छ।


Published :१० कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media