नेकपा एसको जिरीमा पार्टी कार्यालय स्थापना

राष्ट्रपाटी न्युज

२८ कार्तिक २०७८

दोलखा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)ले देशव्यापी रुपमा संगठन विस्तार एबम पार्टी कार्यालय स्थापना कार्यक्रम अगाडी बढाएको छ। यसैबीच दोलखा जिल्लाको पर्यटकीय नगरी जिरी नगरपालिकाको कार्यालय उद्घाटन भएको छ। जिरी नगर कमिटीका अध्यक्ष शैलेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भिम दाहाल र सचिब प्रोण प्रताप केसिले कार्यालयको उद्घाटन गरेका हुन।

एकीकृत समाजबादी जिरी नगरका अगुवा नेता कार्यकर्ताको उपस्थितिमा भएको कार्यालय उद्घाटन कार्यक्रममा जिरिका स्थानीय नेताहरु सुनिता दाहाल , नुर्पा दावा शेर्पा,दोर्जी शेर्पा,केश बहादुर तमाङ,प्रेम बहादुर कार्की,मोहन खड्का,लव जिरेल,वसन्त जिरेल,जय बहादुर तमाङ,हर्क जिरेल,केशर बहादुर जिरेल,प्रकाश श्रेष्ठ,भेष बहादुर खड्का, युवा संघ नेपालका केन्द्रिय सदस्य विशाल काफ्ले लगाएतका जिरिका संस्थापक र पुराना नेताहरुको उपस्थिति रहेको थियो।

कार्यालय उद्घाटन कार्यक्रममा अनेरास्ववियु दोलखाका उपाध्यक्ष तेजश्वी बस्नेत,युवा संघ दोलखाका सहअध्यक्ष रामहरि शिवाकोटी,अध्यक्ष केशब कुमार कार्की,केन्द्रिय सदस्य सुन्दर दाहाल ,नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्य मरिच खड्का,सचिब प्रोण प्रताप केसि,अध्यक्ष भिम दाहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 


Published :२८ कार्तिक २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media