लमजुङ एमालेले टुंग्यायो आठवटै पालिकाका उम्मेदवार

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

लमजुङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ ।

लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख  उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र  चारवटा  गाउँपालिकाका ७५ वटा वडा रहेको लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा हालका मेयर गुमानसिह अर्याल नै दोहोरिने भएका छन् । बेशीसहर नगरपालिकाको उपमेयरमा पद्मा गुरुङलाई चयन गरिएको छ ।

लमजुङको राइनास नगरपालिकामा पनि हालका मेयर सिंहबहादुर थापालाई  दोहोर्‍याइएको छ । उपमेयरमा शोभा पन्थीले  टिकट पाएकी छन् ।

मध्यनेपाल नगरपालिकामा हालका उपप्रमुख राजकुमार श्रेष्ठलाई मेयरमा चयन गरिएको छ भने उपमेयरमा सीता गुरुङलाई चयन गरिएको छ ।

सुन्दरबजार नगरपालिकामा मेयरमा भिमबहादुर गुरुङ र उपमेयरमा भवनी केसीलाई उठाउने निर्णय गरिएको एमाले लमजुङले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकामा हालका अध्यक्ष अर्जुन गुरुङलाई अध्यक्षमा दोहो-याइएको छ भने उपाध्यक्षमा जुना थापालाई उम्मेदवार बनाइएको छ ।

दोर्दी गाउँपालिकाको अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ रहेका छन् भने क्व्होलासोथार गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा गमी गुरुङलाई चयन गरिएको छ ।

दुधपोखरी गाउँपालिकाको अध्यक्षमा तेजबहादुर गुरुङ र उपाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरिएको छ ।


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media