कांग्रेस चेन अफ कमाण्डमा नचल्दा तालमेल भएनः केस कुँवर

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा  सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।  कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टीले हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले इमान्दारिता नदेखाएका कारण तालमेल हुन नसक्ने बताए ।
कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र  दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार  गर्न नसक्दा अछाममा त्यसको असर परेको उनको भनाइ छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने  बताए ।

अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनावी अभियानमा  छन् ।


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media