बुनपाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले जितेको छ । एमालेबाट प्रमुखमा मिठाराम अधिकारी १४ हजार २५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी अनिता लामा १४ हजार ३१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२ मत पाएकी छिन् । नेकपा एसकी प्रमिला सापकोटा (रिमाल)ले १ हजार ८८८ मत ल्याएकी छन्।
२०७४ को स्थानीय तहको चुनावमा पनि बुढानीलकण्ठ नगरपालिकामा एमालेले नै जितेको थियो । यसअघि एमालेका उद्धव खरेल नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए भने एमालेकै रमा राई उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।


Published :४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media