भरतपुरमा रेणु दाहाल ६६६६ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेणुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् ।

८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेकी छन् ।


Published :८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media