थप २७ जना कोरोना संक्रमित, १६ जना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यकाबाहिरका छन् ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ ।

जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् ।

अस्पतालमा भएकामध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको मन्त्रालयले जनाएको छ ।


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media