कस्ता छन् बूढानीलकण्ठ नगरपालिकाको आ.व. २०७९\८० नीति तथा कार्यक्रमहरु ?

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाको दशौँ नगरसभामा नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालीकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उक्त नगर सभामा २ अर्ब २० करोड ९६ लाख ७० हजार बराबरको प्रस्तावित बजेट पेश भएको छ।

त्यसैगरी, उपप्रमुखले नगरपालीकाको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक, २०७९ तथा नगरपालिकाको अनुमानित आय ब्यायको विवरण पेश गरेकी छन् ।

दशौं नगरसभामा प्रस्तुत आगामी नीति कार्यक्रमहरु संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ।

शिक्षातर्फ : “जीवनोपयोगी र उच्चसंस्कृतिक मूल्य सहितको शिक्षा”

१. म बनाउँछु मेरो विद्यालय कार्यक्रम

२. प्रधानाध्यापक, शिक्षकको कासमू आधारमा पुरस्कार तथा दण्ड

३. शिक्षक बैंक कार्यक्रम मार्फत् अतिरिक्त गुणस्तर शिक्षक व्यवस्थापन

४. एक सामुदायिक विद्यालय नमूना विद्यालय

५. उत्पीडित, दलित छात्रछात्रालाई शैक्षिक प्रोत्साहन भत्ता

६. अनौपचारिक, फरक क्षमता तथा गृहिणी शिक्षण कार्यक्रम लागू

७. विद्यालय क्षेत्र र विद्यार्थी होस्टल क्षेत्र धुम्रपान, सूर्तिपान, मद्यपान निषेध

८.स्कुल बैक , विद्यालय पोशाकमा घुमफिर निषेध

९. सबै विद्यालयमा एकीकृत पाठ्यक्रम तथा परीक्षा प्रणाली ।

स्वास्थ्यतर्फ : “स्वच्छ जीवन, सुखी नागरिक”

१. नगर अस्पताल एक सय बेड क्षमतामा बिस्तार , पूर्ण पूर्वाधार र सुविधासहित सञ्चालन

२. बर्थिङ सेन्टरमा निःशुल्क गर्भ जाँच, आवश्यक ल्याब तथा अल्ट्रासाउण्ड सेवा थप बिस्तार

३. बर्थिङ सेन्टरमा प्रसूती भएकालाई तीनहजार प्रसूती स्याहार भत्ता

४. ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण

५. प्रसूति एम्बुलेन्स व्यवस्थापन

६. सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको मासिक निःशुल्क स्वास्थ्य परीक्षण

७. वडाका सबै स्वास्थ्य केन्द्रको स्तरीकरण तथा अत्यावश्यक जनरल औषधीहरु निःशुल्क वितरण

कला, संस्कृति तर्फ : “सम्पदा हाम्रो सम्पत्ति, जीवनपद्धतिमा उच्च संस्कृति”

१.विभिन्न स्थानलाई पहिचानयुक्त पुरातात्विक सम्पदा नगर घोषणा

२. बूढानिलकण्ठ मन्दिर व्यवस्थापन गठन आदेश जारी तथा गुरूयोजना कार्यान्वयन

३. बूढानिलकण्ठ सांस्कृतिक प्रतिष्ठानको गठन

४. स्थानीय जात्रा, पर्व, भाषा, परम्परा, संस्कृति, मेलाको संरक्षण प्रबर्द्धन

५. उपयुक्त स्थान/बस बिसौनी आदिमा परम्परागत फल्चा तथा खुल्ला डबली निर्माण

६. राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा कला, साहित्य सांस्कृतिक महोत्सव

७. वर्षमा एकपटक बौद्धिक सम्मेलन

कृषि, उधोग , पर्यटनतर्फ – “कृषि, उद्योग तथा पर्यटन नीतिः यसैमा छ हाम्रो समृद्धि”

१. बिउ, बिजन, प्राङ्गारिक मल, आधुनिक उत्पादन प्रविधियुक्त सामग्री सहुलियत तथा अनुदानमा प्रदान

२. कृषि बजारको स्थापना र व्यवस्थापन

३. कृषि भण्डारण (सुरक्षित चिस्यान गोदाम घर) स्थापना

४. सामूहिक खेति, सामूहिक कृषि उद्यमशीलताको योजना

५. ‘माटो जोगाउँ, माटो चलाउँ’ अभियान सञ्चालन

६. पशु बधशालाको व्यवस्थापन, नियन्त्रण र नियमन

७. टिस्यु कल्चरल ल्याब तथा ग्रिन हाउस सञ्चालन, प्रवर्द्धन तथा प्रोत्साहन

८. नगर कृषक र असल कृषक साझेदारी कार्यक्रम

९. घरेलु उद्योग र स्थानीय सीप, स्रोतमा आधारित व्यवसायीलाई कर छुट

१०.स्थानीय श्रम, सीप तथा रोजगारदाताको बिच क्यारियर सम्मिलन

११. औद्योगिक केन्द्रको स्थापना

१२. जिप फ्लाई, ईको क्लब, रक क्लाइम्बिंगको लागि सर्भे तथा व्यवस्थापन

१३. धार्मिक, सांस्कृतिक, वातावरणीय र पर्यटकीय पूर्वाधार जोडिने गरि सर्किट वे को सर्भे तथा व्यवस्थापन

१४. वर्षमा एकपटक लगानी सम्मेलन

फोहोर व्यवस्थापन तर्फ :“फोहोर मैला व्यवस्थापन : यसैमा देखिन्छ नागरिक अनुशासन”

१. प्रत्येक घर ३ वटा डस्टबिनः आफ्नो फोहोर आफै व्यवस्थापन

२. कुहिने फोहोर कम्पोष्टमा काम, कौसी खेतिमा सबैलाई तालिम

३. नियम नमान्नेलाई जरिवाना, फोहोर व्यवस्थापनलाई सभ्य नागरिक पहिचान

४. प्लाष्टिक प्रयोगमा न्यूनीकरणः कपडा झोलामा स्थानीय सीप प्रवर्ध्दन

५. फोहोर प्रशोधन सम्भाव्यता जोड, कृषकलाई कम्पोष्ट मल उठाउन अनुरोध

खानेपानी तर्फ : “खानेपानी, हाम्रो जीवनदानी”

१. एकीकृत खानेपानी आयोजना बोर्डको गठन, भैरहेका आयोजनाबाट समुचित वितरण

२. आकाशे पानी रिचार्ज गर्ने अनिवार्य नीति अवलम्बन

३. साइड बाटोहरु ढलान, पिच बन्द गरौं, माटोबाट पानी रिचार्ज गरौं अभियान

४. खानेपानीको दिगो व्यवस्थापन, दक्ष विज्ञहरुद्वारा स्रोत र अवस्था सर्वेक्षण कार्यक्रम

५. भइरहेका आयोजनाहरूलाई सम्पन्न गर्न साथ, खानेपानी खेर जान नदिने अभियान

विपन्न र उधमशीलता तर्फ: “उद्यमशीलता हाम्रो नीति, विपन्नलाई उचित सम्बोधन”

१. बिपन्न व्यक्तिहरूलाई ‘उपमेयरसँग बिपन्न’ कार्यक्रम सञ्चालन

२. एकल महिला, हिंसा पीडित महिला र बेसहारा महिलाहरुको लागि विशेष उद्यमशीलता कार्यक्रम प्याकेज

३. गृहिणी महिलाहरुको सीप सम्मेलन कार्यक्रम

४. विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्ति कार्यक्रम

५. लघु उद्यम, स्थानीय उद्यम कार्यक्रम

६. बिउ पूँजी कार्यक्रमको विशिष्ट प्रभावकारिता कार्यक्रम

७. बेरोजगारहरुका लागि क्यारियर एक्स्पो कार्यक्रम

भौतिक पुर्वाधार तर्फः “व्यवस्थित पुर्वाधारः नगर बिकासको आधार”

१. नगरपालिकाको योजनाहरुका लागि PROJECT BANK निर्माण

२. योजनाको गुणस्तर र प्रभावकारीता बढाउन “योजना संचालन तथा व्यवस्थापन कार्यविधि”

३. सार्वजनिक जग्गा पहिचान गरी संरक्षण नीति

४. सेवाग्राहीहरुको लागि सुविधायुक्त प्रतिक्षालयको व्यवस्था

सडक तथा ढल व्यवस्थापन तर्फः

१. नगरपालिकाको अधिकार क्षेत्र भित्र रहेका सडकहरु कालोपत्रे तथा ढल हालिने

२. निर्माण सम्पन्न भएका सडकहरुको संरक्षणका लागि “मर्मत सम्भार कोष”

३. कपन क्षेत्रमा कल्भर्ट डिजाईन योजना

४. विष्णुमति- टोखा सडक करिडोर योजना निर्माणमा समन्वय

भवन, पार्क तथा अन्य सार्वजनिक निर्माण तर्फः

१. “मेयर उज्यालो र सुरक्षित नगर” कार्यक्रम सञ्चालन

२. “कोशिलेघर” मा नगरभित्र उत्पादन हुने कृषी, हस्तकला तथा घरेलु उत्पादनहरुको विक्रि वितरण केन्द्र स्थापना

३. GIS Mapping र House Numbering कार्यन्वयन

४. पार्कहरुमा OPEN GYM को व्यवस्था

५. ब्यस्त सडकमा आकाशे पुल निर्माण

६. साईकल तथा पर्यटकिय पदमार्ग निर्माण

७. मंदिर तथा वाटोहरुमा सार्वजनिक सौचालय निर्माण

८. भुमि व्यवस्था समिति गठन

आर्थिक बिकास तर्फः “पर्यटकिय नगर बूढानीलकण्ठ, कृषि, सहकारी र पर्यटनमा समृद्ध”

१. होमस्टे सञ्चालनमा विशेष प्राथमिकता

२. कृषि, पशुपंक्षी तथा स्थानीय सिपमुलक उत्पादनमा जोड

३. उद्यम : उत्पादनका लागि प्रविधि र अनुदान प्रदान

४. कृषि बजारको एकद्वार वितरण प्रणालि लागु

५. कौसि खेतिलाई प्रोत्साहन

६. कृषक साझेदारी कार्यक्रम

७. “माटो जोगाउ, माटो बचाउ अभियान”

उद्योग, व्यवसाय र पर्यटन तर्फ

१. साना तथा घरेलु उद्योगलाई कर छुट

२. उद्यमिहरुलाई प्राविधिक प्रशिक्षण तथा सिपमुलक तालिम

३. “बिउपुँजि नीति”

४. बायोग्यास प्लान्ट उद्योग निर्माण

५. ‘औद्योगिक केन्द्र’ सञ्चालन

वन तथा वातावरण तथा विपद् व्यवस्थापन तर्फ

१. “फोहोरलाई मोहरमा बदल्ने अभियान”

२. वृहत वृक्षारोप ण कार्यक्रम

३. वनहरुमा चराचुरुङ्गि संरक्षण कार्यक्रम

बालबालिका संरक्षण तथा विकास तर्फ

१. बालमैत्रि नगरपालिका निर्माण सम्बन्धमा

२. सुरक्षित मातृशीसु कार्यक्रम लागु

३. बाल क्लब गठन

४. बालमैत्रि खेलमैदान, पार्क, निर्माण

५. नगरपालिकाभित्र स्तनपान कक्ष सञ्चालन

६. बालगृहको नियमित अनुगमन

भु-उपयोग नीति तथा प्राकृतिक संरचना संरक्षण

१. भुउपयोग नीति तर्जुमा गरी लागु

२. शहरी हरियालि बृद्धि गर्न हरेक घरमा बिरुवा रोप्न र कौशिखेति बिधि प्रयोग गर्ने नीति

३. प्राकृतिक संरचना दोहन गर्नेलाई कडाईका साथ कार्वाहि

प्रशासन जनशक्ति सुधार र सुशासन सम्बन्धमा

१. नगरपालिकाको सेवालाई डिजिटलाईजेसन DIZITALIZATION गरी प्रविधिमैत्रि सेवा सञ्चालन

२. उत्कृष्ट कर्माचारीलाई पुरस्कृत र सम्मान

३. नगरपालिका र वडामा अनलाईन प्रणालिबाट छिटो छरीतो र पारदर्शीता

४. कर्मचारीहरुलाई तालिम र प्रशिक्षण

५. ‘हेल्लो बूढानीलकण्ठ हेल्प डेस्क’ को प्रभावकारी सञ्चालन

६. योजना तथा कार्यक्रमहरुको मूल्याङ्कन, अनुगमन र अभिलेख प्रणालिको पारदर्शिता

७. कर्मचारी कल्याणकारी कोष निर्माण

युवा तथा खेलकुद क्षेत्रमा

१. खेलाडि र प्रशिक्षक उत्पादनमा विशेष जोड

२. नगर भित्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकधारी खेलाडिहरुलाई नियमित सम्मान

३. विद्यालय, वडा र नगरपालिका स्तरमा ‘मेयर, उपमेयर कप खेलकुद प्रतियोगिता’ आयोजना

४. खेल पुर्वाधार र खेलमैदान निर्माणलाई प्राथमिकता

५. OPEN GYM सञ्चालन

६. खेलकुद तथा युवा सम्मेलन आयोजना

७. युवा प्रतिभा पहिचान, अभिलेख तथा प्रोत्साहन कार्यक्रमको सञ्चालन

८. दुर्व्यसनमा फसेका युवाहरुको पूनर्स्थापना नीति

९. “युवा सँग जनप्रतिनिधि” कार्यक्रम सञ्चालन

१०. नगर खेकुद विकास समिति निर्माण

पर्यटन पुर्वाधार तर्फः “पर्यटन पूर्वाधारः समृद्धीको मुल आधार”

१. डुकुर्नि सामुदायिक वन, आईतबारे सामुदायिक बन, लिपिकोट सामुदायिक , बदेलि, जगडोल झण्डापार्कलाई वयवस्थित गरी पिकनिक स्थलको रुपमा विकास

२. वडा नं ०२ को पञ्चकन्या सामुदायिक बनलाई ECO PARK बनाई ZIP FLYER, ROCKCLIMBING जस्ता साहसिक खेलको निर्माण

३. डाँडागाँउबाट- चिसेनि- मुहानपोखरी- बुद्धपार्क- तौलुङ- नारायणडाँडा- जगडोल-कपन गुम्बा सम्मको साईकल तथा पर्यटक पदमार्ग विस्तार योजनालाई निरन्तरता

४. पर्यटन व्यसायीहरुलाई प्रोत्साहनकालागि प्रशीक्षण तथा क्षमता वृद्धि तालिम

५. नगर संग्राहलय र साँस्कृतिक प्रतिष्ठान निर्माण

६. पर्यटकिय स्थलको प्रचार प्रसारमा विशेष जोड

आन्तरिक राजश्वतर्फ

१. उत्कृष्ट करदातालाई सम्मान

२. राजश्व भुक्तानि असुलि प्रक्रियालाई अनलाईन प्रणालिमा जोडिने

३. कर चेतना र कर शिक्षाको प्रभावकारी सञ्चालन

श्रम तथा श्रमिक तर्फः

१. ‘श्रमिक हेल्प डेस्क’को प्रभावकारी सञ्चालन

२. श्रमिक पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम

३. श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष

सुचना तथा सञ्चार सम्बन्धमा

१. नगरपालिका अन्तरगत सञ्चालित BUDANILKANTHA MEDIA CENTER लाई बूढानीलकण्ठको आधिकारीक NEWS PORTAL बनाईने

२. नगर भित्रका सञ्चार माध्यमहरुको दर्ता तथा नियमित अध्यावधिक गराईने निती ल्याईने

३. अध्यावधिक भएका सञ्चार माध्यमहरुलाई पेशागत सीप तथा क्षमता अभिवृद्धि तालिम उपलब्ध गराईने

बूढानीलकण्ठका अन्य प्राथमिकतामा रहेका योजनाहरुः

१. कपन ह्यान्डबल बहुउद्देश्यीय खेल पुर्वाधार

२. सुवर्ण शम्शेर क्रिकेट खेल मैदान निर्माण तथा सञ्चालन

३. बूढानीलकण्ठ- चक्रपथ यातायात संचालन तथा नगर वसपार्क निर्माण

४. नगर अर्गानिक तरकारी तथा खाद्य चेतना कार्यक्रम

५. नगर अस्पताल र नागरीक स्वास्थ्य बिमा

६. बूढानीलकण्ठ संग्रहालय तथा साँस्कृतिक प्रतिष्ठान निर्माण

७. पर्यटकिय पैदकल तथा साईकल मार्ग

८. खुला पार्क, हरियालि सहर कार्यक्रम

‍९. उज्यालो तथा सुरक्षित बूढानीलकण्ठ परियोजना

१०. बूढानीलकण्ठ मंदिर गुरुयोजना कार्यान्वयन

११. बूढानीलकण्ठ प्रविधिमैत्री तथा सुशासन

१२. एक घर दुई डस्विन

१३. स्वच्छ पिउने पानि व्यवस्थापन

१४. प्राविधिक, व्यवहारीक र जीवनोपयोगि शिक्षा

१५. स्वस्थ समाज, निरोगि नागरिक

१६. नगरको निर्माणाधिन गौरवशालि योजनाको निरन्तरता

१७. पासिकोटमा योग ध्यान केन्द्र निर्माण

१८. सार्वजनिक क्षेत्रमा खुल्ला व्यायमशाला निर्माण

१९. सार्वजनिक जग्गा संरक्षण गरी विपद व्यवस्थापन खुल्ला क्षेत्र

२०. असाहय एकल महिलालाई तालिम र दलित विद्यार्थीलाई छात्रवृत्ति

स्रोत : budhanilkantha.news


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media