वामपन्थीबीच तालमेल गर्न नारायणकाजीको प्रस्ताव

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरूबीच तालमेल गर्नुपर्ने प्रस्ताव राखेका छन् । आज काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव राखे ।

उनले भने- ‘वामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन् ।’ तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, वामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी भएको उनले बताए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्मआलोचना गर्दै श्रेष्ठले भने, म वामपन्थी शक्तिहरुबीचको तालमेलका लागि आग्रह गर्दछु ।’


Published :३२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media