संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री शर्मालाई बोलायो

राष्ट्रपाटी न्युज

३ श्रावण २०७९

काठमाडौं । संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छलफल गर्न बोलाएको छ । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग छलफल गर्न बोलाएको हो ।

समितिको मंगलबार बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

समितिले भोलि नै पूर्व अर्थसचिवहरुसँग पनि छलफल गर्ने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले बताएका छन् ।

पूर्वअर्थसचिवहरुसँगको छलफललगत्तै यसबारे समाचार लेखेका दुई सञ्चारमाध्यम अन्नपूर्ण पोष्ट र कान्तिपुरका सम्पादकलाई समेत छलफल गर्न समितिले बोलाएको छ । त्यसपछि तत्कालीन अर्थमन्त्री शर्मासँग छलफल गर्ने निर्णय भएको छ ।


Published :३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media