काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ४ पनि बिबिध कारण विशेष चर्चामा छ।नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ। संघीय साम्सदको लागि मात्र होइन, प्रदेश सभामा समेत दावेदारहरुको लिष्ट लामो बनेको छ।
पछिल्लो समय काठमाडौं जिल्लाको क्षेत्र नं ४ (ख ) मा नेतृत्व हस्तान्तरणको मुद्दा बोकेर नेकपा एमालेको तर्फबाट टिकटको दावेदारी गरिरहेका छन् जयराम थापा। उनि भन्छन – सधै भरि एउटै थरि व्यक्तिको हातमा पार्टीको नेतृत्व र अबसर रहिरहँदा नेतृत्व हस्तान्तरणको मुद्दा ओझेलमा पर्छ। राष्ट्रपाटीसंगको बिशेष कुराकानीमा उनि भन्छन – ”एउटै व्याक्ति नेतृत्वमा यो या त्यो नाउँमा रहिरहँदा न नयाँ नेतृत्वको विकास हुन्छ, न त्यो ठाउँमा कुनै विकास र परिवर्तनको आभास हुन्छ। सबै कार्यकर्ताहरु सधै भरि गणेश प्रबृत्तिको शिकार हुन बाध्य हुन्छन, त्यसैले केहि मुठ्ठीभर मात्र व्याक्तिहरुको मात्र नभई सबै युवा, शिक्षित वर्ग, आम कार्यकर्ता र जनताको पार्टी र प्रणाली स्थापित गर्न मेरो दावेदारी प्रतिनिधिमुलक घटना मात्र हो।”
आफू आर्थिक ,सामाजिक ,राजनीतिक लगायत सबै हिसाबले आगामी निर्वाचनमा क्षेत्र नम्बर ४ बाट डा. राजन भट्टराईलाइ जिताउन लागि पर्ने भन्दै उनले आफ्नो हाल सम्मको योगदान र क्षमता हेरेर पार्टी नेतृत्व र डा. भट्टराईले उचित निर्णय लिने कुरामा आफू ढुक्क रहेको समेत बताएका छन्।
पछिल्लो समय उनि एकदमै सक्रिय छन्। पार्टीका हरेक गतिबिधि र खासगरी क्षेत्र नम्बर ४ भित्र संचालन हुने बिबिध राजनीतिक कार्यक्रममा सक्रियता पुर्वक सहभागी हुन्छन । पार्टीको माथिल्लो नेतृत्व देखि वडास्तरको नेतृत्व र आम युवा पंक्ति र जनता बीच पछिल्लो समय थापाको भेटघाट र सक्रियता ह्वात्तै बढेको छ।
बाँकी सबै कुरा समयको गर्भमा छदै छ।