काठमाडौंबाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

राष्ट्रपाटी न्युज

११ भाद्र २०७९

काठमाडौँ । निर्माण सुरु भएको आठ वर्षपछि बुटवलमा काठमाडौंबाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्पन्न भएको छ । सो केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज रुपन्देहीको बुटवल जाने भएका छन् ।

बुटवल उपमहानगरपालिका वार्ड नं १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न गर्न रुपन्देही जाने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो ।थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ ।

 


Published :११ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media