कि मलाई बिदा दिनुस्, कि काम दिनुस् -उद्दव खरेल

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एबम बूढानिलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्दव खरेलले आफू स्वाभाविक रुपमा काठमाडौं क्षेत्र नम्बर ४ (ख) मा प्रदेश सभा सदस्यको दावेदार रहेको बताएका छन्। आफू ६० बर्ष पुग्न लागिसकेको र निरन्तर राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै पार्टीले आफूलाई जिम्वेवारी दिनुपर्ने बताएका हुन्। आफूले टिकट पाए गठबन्धन लाइ पाँच हजार मतले जित्ने भन्दै बूढानिलकण्ठ नगरपालिकाका आठ वटा वडाका घर घरमा आफू पुगिसकेको र भोलि पनि पुग्न सक्ने भन्दै टिकट दावी गरेका हुन्।

आफूले मेयरको कार्यकाल सफलता पुर्वक सम्पन्न गरेको र झन्डै ६५ देखि ७० प्रतिशत काम भएको भन्दै भोलिका दिनमा प्रदेश सदस्यको कार्यकाल समेत आफूले सफलता पुर्वक पुरा गर्ने दावी गरेका छन्। आफू पार्टीको इमान्दार सिपाही भएको भन्दै मेयर हुँदा र नहुँदा पनि गुटबन्दि नगरेको र भविष्यमा समेत नगर्ने बताएका छन्।

आफूलाई पार्टीका गतिविधिमा समेत सबै तिर नबोलाइने भन्दै आफूलाई काम दिन पार्टीलाई अनुरोध गरेका छन्। राष्ट्रपार्टी डट कमको टक शो “राष्ट्रपार्टी बिशेष ” मा कुरा गर्दै उनले भनेका छन् – कि मलाई बिदा दिनुस्, कि काम दिनुस्।
उनि संगको बिशेष कुराकानी राष्ट्रपाटि डट कमको युट्युब च्यानलमा  हेर्न सकिने छ।


Published :भदौ १७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media