एमालेको काठमाडौं क्षेत्र नम्बर ४ (ख) मा सबै दावेदारको नाम सिफारिस गर्ने तयारी

राष्ट्रपाटी न्युज

१७ भाद्र २०७९

काठमाडौ । नेकपा एमाले काठमाडौ क्षेत्र नम्बर ४ (ख ) कमिटीले प्रदेश सभाको लागि दावेदार सबैको नाम जिल्लामा सिफारिस गर्ने तयारी गरेको छ। अहिले जारी बैठकमा उद्धब खरेल, संगम गहतराज  , लक्ष्मि संग्रौला, बिदुर बिक्रम  खड्का, जयराम थापा, श्रीकृष्ण श्रेस्ठ, राजन पोख्रेल, गोबिन्द कटुवाल, रबि थापा , दुर्गा थापा  र जगत निरौला सहित एघार जनाले दावी प्रस्तुत गरेको र रवि थापा र संगम गहतराजले पछि फिर्ता लिएपछि बाकि सबै नौ जनाको नाम जिल्ला पठाउने तयारी भैरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।आजको बैठक पुन भोलि बस्ने गरि स्थगित भएको छ ।


Published :१७ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media