अछाम पहिरोमा पुरिएकामध्ये चारजनाको शव फेला, तीनजना अझै बेपत्ता

अछाम । अछाममा लगातारको वर्षाले ठूलो धनजनको क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटाभन्दा धेरै घर पुरेको छ।

पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

कमलबजार– ६ मा पहिरोले घरभित्र पुरिएका चार जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका कमलबजारबाट सात जनालाई जीवितै उद्धार गरिएको छ।

उता, तुर्माखाँद–५ मा पनि नौ जना बेपत्ता भएको खबर आएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा समस्या भएको बताइएको छ । तीनै स्थानीय तहको प्रहरी टोली घटनास्थलमा उद्धारका लागि खटिएको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


Published :अशोज १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media