बबई नदीको किनारमा फेला परे तीन शव

राष्ट्रपाटी न्युज

अशोज २०, २०७९

काठमाडौँ । दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरको बबई नदीको किनारमा तीन शव फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले गाडिएका पुराना शवहरू बाढीका कारण निक्लिएर किनारमा आएको जानकारी दिए ।

गाडिएका पुराना शवहरू बबईमा आएको बाढीले निकालेर किनारमा फालेको रहेछ,’ डिएसपी मल्लले भने, ‘हामीले फेरि आफन्तलाई खोजेर सुरक्षित स्थानमा गाड्न लगाउँदै छौं ।’सुरूमा स्थानीयले ती शवहरु बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने आशंका गरेका थिए ।


Published :अशोज २०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media