काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहमन्त्री बालकृष्ण खाणसँग आइतबार बिहान गृहमन्त्रालयमा भएको भेटघाटमा राजदूत थम्प्सनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गृहमन्त्री खाणले नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । राजदूत थम्प्सनले मंसिर ४ मा हुने
प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको बारेमा चासो राखेका थिए ।
प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै खाणले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने राजदूत थम्प्सनलाई जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।