भुवन पाठक बने बागमती प्रदेशको सभामुख

काठमाडौँ । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट भुवन पाठक विजयी भएका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा पाठक विजयी भएको हो ।

सभामुखका लागि पाठकसहित ३ जनाको उम्मेदवारी परेको थियो । जसमा अन्य २ जनामा नेपाली कांग्रेसका तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको थियो ।

११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन पाठकलाई थियो । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद छन् । प्रदेशसभामा कांग्रेस ठूलो पार्टी भए पनि सरकार बाहिरै छ । पाठकले ६२ मत पाएका थिए भने विपक्षमा ४९  मत परेको थियो ।


Published :२९ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media