राष्ट्रपति चयनका लागि मतदान जारी, मतपरिणाम आजै सार्वजनिक हुने

राष्ट्रपाटी न्युज

२५ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान जारी छ ।

राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले पहिलो भोट खसाल्नुभएको छ । राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । नेम्वाङले पनि मतदान गरिसकेका छन् ।

राष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । अपराह्न ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ भने मतपरिणाम आजै सार्वजनिक हुनेछ ।


Published :२५ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media