हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमार्फत उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले दोस्रोपटक विश्वासको मत पाएका हुन् ।
गत १३ फागुनमा राप्रपाका ३ जना मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई समर्थन समेत फिर्ता लिएका कारण शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री जम्कट्टेलले राखेको विश्वासको मतको पक्षमा ६७ मत परेको हो भने विपक्षमा १७ मत प-यो । साथै ७ जना सांसद भने तटस्थ बसेका छन् ।
मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिए भने एमाले र राप्रपाले दिएनन् ।