देउवा-आरजुको अपमान सहन नसक्ने भन्दै स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

राष्ट्रपाटी न्युज

चैत्र १६, २०७९

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेको बताएका छन् । वाग्लेले कांग्रेस नेताहरुलाई पत्र सन्देशमार्फत यसको जानकारी दिएका हुन् ।

वाग्लेले लेखेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् ।

‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’ उनले भनेका छन् ।

कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उपचुनावमा उठ्ने चर्चा छ ।


Published :चैत्र १६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media