एसिसी प्रिमियर कपः नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रनको योगफल बनायो ।

यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अङ्क जोडेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन् ।

त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । भोलि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन् ।


Published :५ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media