एसीसी प्रिमियर कपः नेपालद्वारा ओमानलाई ३११ रनको विशाल लक्ष्य

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८०

काठमाडौं । कुशल मल्लको विस्फोटक शतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानलाई तीन सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशन मक्सुदले टस रोजेर फिल्डिङ रोजेपछि घरेलु टिम ब्याटिङमा उत्रिएको थियो । खराब सुरुआत गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै ५०औं एकदिवसीयमा पहिलो पटक तीन सयभन्दा ठूलो योगफल तयार पार्यो।

यसअघि नेपालले मार्च ९ मा पपुवा न्युगिनीविरुद्ध दुई सय ९७ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ ।


Published :बैशाख ७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media