फास्ट ट्रयाक जग्गा प्राप्तिको विषय छिट्टै टुंग्याउने सरकारको निर्णय

राष्ट्रपाटी न्युज

१२ बैशाख २०८०

काठमाडौं । सरकारले काठमाडौं—तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको बताए । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताए ।

मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए ।


Published :१२ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media