काठमाडौं । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री आचार्यलाई शपथ ग्रहण गराउनुभएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सांसद आचार्यलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि महिन्द्र राय यादव महिला तथा बालबालिका मन्त्री नियुक्त भएका थिए ।
यादवलाई हाल खानेपानी मन्त्रालयको जिम्मा दिएर आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरिएको हो ।