काभा वुमन्स भलिबल कपमा बंगलादेशमाथि नेपालको जित

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०८०

काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित निकालेको छ ।

मंगलबार भएको दोश्रो खेलमा नेपालले वंगलादेशलाई पराजित गर्दै दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो ।

कभर्डहलमा सम्पन्न खेलमा पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पारेको नेपालले बंगलादेशलाई दोस्रो र तेस्रो सेटमा क्रमशः २५-८ र २५-९ ले हराउँदै लगातार दुई जित निकाल्यो ।

नेपालले बंगलादेशलाई हराएसँगै भारतपनि एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।


Published :जेष्ठ ८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media