जिम्बाबेलाई नेपालको २९१ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । विश्वकप क्वालिफायरको उद्घाटन खेलमा नेपालले घरेलु टिम जिम्बाबेलाई २९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

नेपालका लागि ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको किर्तिमानी साझेदारी गरे ।

नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो ।

जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।


Published :असार २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media