बझाङ जीप दुर्घटना अपडेटः मन्त्रीकी पत्नीसहित दुईजनाको मृत्यु

बझाङ । बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह रहेका छन् । उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले जानकार दिए ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते बनेका मन्त्री पृथ्वीबहादुर सिंह,चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको  छ ।

डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।


Published :असार ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media