पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायगढ । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

बुधबार  दिउँसो १ बजेर ५० मिनेट जाँदा सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


Published :असार ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media