राष्ट्रको चौथो अङ्ग पत्रकारिता निष्पक्ष हुनुपर्छः मन्त्री साउद

राष्ट्रपाटी न्युज

असार १८, २०८०

कैलाली । परराष्ट्रमन्त्री एनपी साउदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बताएका छन् ।

पत्रकारिता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन कैलालीको छैठौ जिल्ला अधिवेशनमा बोल्दै साउँदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक भए पनि चरित्रका दृष्टिकोण लोकतन्त्र माथिको पत्रकारको चिन्तनमा कुनै बेमेल नहुने बताए ।

उनले सुदूरपश्चिममा पत्रकारिताको इतिहास धेरै लामो नभए पनि राष्ट्रिय पत्रकारितामा सुदूर पश्चिमका पत्रकारले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।


Published :असार १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media