क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा

काठमाडौँ । अस्ट्रेलियामा जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।

सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुदै २१२ रन बनाएको थियो ।

अब फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि आयोजक भारतको सामना गर्ने छ । फाइनल खेल आइतबार हुने छ ।


Published :१ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media