नेकपा एमाले बुनपा-१२ को वडा अधिवेशन मंसिर ३० गते

काठमाडौं । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीले मंसिर ३० गते वडा अधिवेसन गर्ने भएको छ ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको बैठकले आगामी मंसिर ३० गते वडा अधिवेसन गर्ने निर्णय गर्दै कार्यविभाजनसमेत गरेको छ ।

वडा नं १२ कमिटीका अध्यक्ष शंकरप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई भव्य एवं सभ्य ढंगले सफल बनाउन  निम्नानुसारको कार्यविभाजन गरिएको छ ।

१. अधिवेशन आयोजक समिति : संयोजक शंकरप्रसाद भट्टराई

२.संगठित सदस्यता व्यस्थापन तथा सहजीकरण समिति : संयोजक शिला लामा

३.हल व्यवस्थापन : संयोजक शम्भुप्रसाद भट्टराई

४.जनपरिचालन समिति : संयोजक देवेन्द्र थापा

५. आर्थिक व्यवस्थापन समिति : राजेन्द्र पुडासैनी

६.प्रतिवेदन लेखन समिति : शंकरप्रसाद भट्टराई र विष्णुप्रसाद भट्टराई

७.कार्यालय व्यवस्थापन समिति : संयोजक  खडानन्द लुइँटेल

८.नेतृत्व चयन सहजीकरण समिति : केदारराज पुडासैनी, मुरारी भण्डारी र राजन पोखरेल

९. स्वयंसेवक परिचालन समिति : संयोजक केदारप्रसाद दाहाल

 


Published :१ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media