एनएसएलमा पोखराद्वारा चितवन १-० ले पराजित

राष्ट्रपाटी न्युज

मंसिर ८, २०८०

काठमाडौं । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गरेको छ ।

पोखराले एफसी चितवनलाई १- ० गोल अन्तरले पराजित गरेको हो ।

पोखराको जितमा खेलको ७२औं मिनेटमा मोसेस ग्याबा त्वामले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै पोखराले विजयी शुरुवात गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ ।

लिग अन्तर्गत आजै अर्को खेल बुटवल लुम्बिनी एफएसी र ललितपुर सिटी एफसीबीच हुने तालिका रहेको छ ।


Published :मंसिर ८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media