एनएसएलमा ललितपुर र पोखराले खेले बराबरी

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।

दुबै टिमले गोलका केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेनन् । यस सिजनको यो पहिलो गोलरहित बराबरी हो  ।


Published :१३ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media