कांग्रेस क्षेत्र नं ४ मा महासमिति सदस्यका लागि चुनाव,सांसद पराजुली पराजित

राष्ट्रपाटी न्युज

मंसिर २३, २०८०

काठमाडौँ। नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नं ४ मा महासमिति सदस्यहरूको टुंगो लगाएको छ । चुनावी प्रक्रियाबाट महासमिति सदस्यहरु चयन भएका छन्। राजु परियार, कल्पना मल्ल ठकुरी, राजु थापा, भोला लामिछाने, नर्बदा पोखरेल, श्यामकृष्ण संगत, सत्यमान लामा, विनोद चालिसे, रमिला गर्तौला र श्रीराम लामिछाने बिभिन्न समुहबाट बिजयी भएका छन् भने दिव्यमणि राजभण्डारी, अरूण सिंह बस्नेत, रिता बुढाथोकी, ध्रुवप्रसाद पौडेल , अच्युतप्रसाद पौडेल, मिना पराजुली, बिनोदबाबु प्रधान तथा सुशील नाहटा पराजित भएका छन् । कुल २७८ मत खसेकोमा सर्बाधिक धेरै मत नर्बदा पोखरेलले १८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

यसै बीच कांग्रेस नेत्री एबम बागमती प्रदेश सभा सदस्य मिना पराजुली भने पराजित हुन् पुगेकी छन्।प्रत्यक्ष महिला तर्फ प्रतिष्पर्धी नर्वदा पाेखरेल र रमिला महत क्रमश १८७ र १४४ मत सहित बिजेता बन्दा पराजुलीको १३१ मत मात्र आएको थियो।

कसको कति मत ?
प्रत्यक्ष महिला तर्फ :
नर्वदा पाेखरेल : १८७ (विजयी )
मिना पराजुली :१३१
रमिला महत : १४४ (विजयी )
पुरुष खुल्ला
अच्युत प्रसाद पौडेल :९९
विनाेद बाबू प्रधान : १२६
राजु थापा :१८० (विजयी)
श्यामकृष्ण सङ्गगत :१७६ (विजयी)
अरुण सिह बस्नेत :११४
श्रीराम लामिछाने :१५३ (विजयी)
न्हुच्छे नारायण श्रेष्ठ :१४८ (विजयी)
विनाेद चालिसे :१५१ (विजयी)
महिला
कल्पना मल्ल ठकुरी :१३७ (विजयी)
रिता बुढाथोकी :१२१
खस आर्य
धुर्व प्रसाद पौडेल ११५
भाेलानाथ लामिछाने : १५२ (विजयी)
जनजाति
सत्यमान लामा :१४७ (विजयी)
दिव्यमणी राजभण्डारी :१०९
अल्पसंख्यक
राजु परियार :१६४ (विजयी)
सुशील नाहाटा :१०२


Published :मंसिर २३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media