
काठमाडौं। लामो प्रतिक्षापछी बूढानिलकण्ठ नगरपालिकाले सल्लाहकारहरु चयन गरेको छ।
यहि माघ १५ गते बसेको बूढानिलकण्ठ नगर कार्यपालिकाको बैठकले प्रशासन,लेखा,स्वास्थ्य,शिक्षा ,कानुन ,राजनीति लगायतका क्षेत्रमा लामो समय योगदान पुर्याएका ७ जना सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको हो।
उक्त बैठकले बूढानिलकण्ठ नगरपालिका वडा नं १३ का पुर्व वडाध्यक्ष तथा नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठलाई राजनीतिक सल्लाहकारको रुपमा चयन गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले नगरपालिकाको अन्य सल्लाहकारहरुमा पुर्व उपसचिव तथा सडक विभागका पुर्व डिजी रामकृष्ण सापकोटा,महालेखा नियन्त्रकको कार्यालयका पुर्व नायब महाप्रवन्धक त्रिलोचन आचार्य,काठमाण्डौ जिल्लाका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठ,भानुभक्त मेमोरियल मावीका पुर्व प्रधानाध्यापक बम बहादुर मोक्तान,चिकित्सा अध्ययन संस्थानमा लामो समय सेवा पुर्याएका ईश्वरी खनाल तथा अधिवक्ता किरण शाहलाइ चयन गरेको छ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय पछि भएको यो निर्णयले नगरपालिकाको कार्यसम्पादन अझ प्रभावकारी र शसक्त बन्ने अपेक्षा गरिएको छ।