
काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले आफ्नो अधिवेसन आगामी चैत्र १६ र १७ गते संचालन गर्ने भएको छ।
फागुन १६ गते भएको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिवालय बैठकले तय गरेको मितिलाई नगर कमिटीको पूर्ण बैठकले अनुमोदन गरेको हो।
सो बैठकले नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको नेतृत्वमा अधिवेसन आयोजक कमिटी गठन गर्दै विभिन्न समितीहरु पनि गठन गरेको छ।
सो बैठकको निर्णय अनुसार चैत्र १६ गते अधिवेसनको खुल्ला शत्र हुनेछ भने १७ गते बन्द शत्र गरिनेछ। यस पटकको अधिवेसनमा हाल रहेका नगर कमिटी सदस्यहरु आयोजक कमिटीका रुपमा स्वत प्रतिनिधि बन्नेछन भने १३ वटा वडाहरुबाट अन्य थप प्रतिनिधि चयन हुनेछन् ।
आगामी अधिवेशनबाट १ अध्यक्ष ,१ उपाध्यक्ष १ सचिव तथा २ उपसचिव सहित बढीमा ७१ सदस्यीय कमिटि गठन गर्न सकिने व्यबस्था रहेको आयोजक कमिटिका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन् । उनका अनुसार थप १० प्रतिशत मनोनयन गर्न सकिने व्यबस्था छ भने अन्य पार्टीबाट प्रवेश गर्नेहरुलाइ समेत आरक्षणको व्यबस्था रहेको छ।
काठमाडौं जिल्लामा नगर अधिवेसनको मिति तय गर्ने पहिलो नगर कमिटीका रुपमा रहेको नेकपा एमाले बुढानिलकण्ठले अधिवेसनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।
को को छन संयोजक तथा सदस्यहरु ?
१. प्रतिवेदन लेखन समिती
संयोजक : प्रदिप डंगोल
सदस्य : श्रीकृष्ण श्रेष्ठ
सदस्य : सुनिता गुरुङ
सदस्य :तोयानाथ अधिकारी
सदस्य :गणेश कुमार मिश्र
२. मंच व्यवस्थापन समिती
संयोजक : दिल कुमारी बिक
सदस्य :आशिष श्रेष्ठ
सदस्य :गोपाल डंगोल
सदस्य :उत्तम पुर्कुटी
सदस्य :माधव पौड्याल
३.प्रतिनिधि व्यवस्थापन समिती
संयोजक : श्रीकृष्ण श्रेष्ठ
४.जन परिचालन तथा व्यवस्थापन समिती
संयोजक : राजेन्द्र खड्का
सदस्य :चन्द्रमान श्रेष्ठ
सदस्य :प्यारी कुमारी शर्मा
सदस्य : राधेश्याम श्रेष्ठ
सदस्य :नानु खड्का श्रेष्ठ
५.आर्थिक व्यवस्थापन समिती
संयोजक : सुनिता गुरुङ
सदस्य :शन्तभाई श्रेष्ठ
सदस्य :सुरेन्द्र लामा
सदस्य :राजेन्द्र गुरागाई
सदस्य : सुमित्रा त्रिपाठी पाण्डे
६. प्रकाशन तथा प्रचार समिती
संयोजक : धोर्जे लामा
सदस्य :जय कुमार श्रेष्ठ
सदस्य :श्रीराम आलेमगर
सदस्य :कमल पुर्कुटी
सदस्य :सावित्रा ढकाल
७.अतिथि सत्कार तथा स्वागत समिती
संयोजक : शान्ता ढकाल पुडासैनी
सदस्य :तिलारुपा आचार्य निरौला
सदस्य :ज्ञानु कार्की थापा
सदस्य :सावित्रा ढकाल भट्टराई
सदस्य :रिना श्रेष्ठ
८.स्वयंसेवक व्यवस्थापन समिती
संयोजक : रविन्द्र थापा
सदस्य :कर्ण तामाङ
सदस्य :पुरुषोत्तम सापकोटा
सदस्य :हेब्सिवा तामाङ
सदस्य :राज कुमार खड्का
९. खाध्य व्यवस्थापन समिती
संयोजक : कृष्ण बहादुर खत्री ( बिक्रम केसी )
सदस्य :बस नारायण महर्जन
सदस्य :सावित्रा सिटौला
सदस्य :दिलिप थापा मगर
सदस्य :राम सेवक थापा
१०.सांस्कृतिक व्यवस्थापन समिती
संयोजक : विजय तामाङ
सदस्य :विष्णु बहादुर श्रेष्ठ
सदस्य :माया लामा
सदस्य :रामहरी खड्का
सदस्य :मंजु बस्नेत