नेकपा एमाले बुढानिलकण्ठको अधिवेसनको खुल्ला सत्र कपन ह्यान्डबल मैदानमा हुने

राष्ट्रपाटी न्युज

फाल्गुन २१, २०८०

काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले आफ्नो अधिवेसन आगामी चैत्र १६ र १७ गते संचालन गर्ने भएको छ। चैत्र १६ गते हुने अधिवेसनको खुल्ला शत्र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा रहेको ह्यान्डबल मैदानमा हुने प्रवल सम्भावना रहेको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन्।

चैत्र १६ गते हुने नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अधिवेशनको सम्भावित खुल्ला सत्र स्थल अवलोकन गर्न आज नेकपा एमालेका जिम्बेवार पदाधिकारीहरु अधिवेशन स्थल पुगेका छन्।


Published :फाल्गुन २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media