
काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले थप २५१ जना नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम सम्पन्न गरेको छ।
फागुन २६ गते शनिवार वडा नं ८ स्थित सुकुन्दा पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोख्रेलले नयाँ संगठित सदस्यता प्राप्त गरेका २५१ जनालाइ सपथ ग्रहण गराएका हुन् ।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलको अध्यक्षता एबम सचिव श्री कृष्ण श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोख्रेल , केन्द्रिय सदस्य सरिता न्यौपानेले प्रशिक्षण दिएका थिए।
नेकपा एमाले बुढानिलकण्ठले चैत्र १६ र १७ गते नगर अधिवेसनको मिति समेत तोकेको छ।