
काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अधिवेसन आगामी चैत्र १६ र १७ गते संचालन हुँदै छ । यसअघि काठमाडौं जिल्ला मै सबै वडाको अधिवेशन छिटै सम्पन्न गर्न सफल भएको यो नगर कमिटीले आफ्नो नगर अधिवेशन समेत जिल्ला मै सबैभन्दा पहिला गर्ने रेकर्ड कायम गर्ने योजनामा छ।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको नेतृत्वमा अधिवेसन आयोजक कमिटी गठन गर्दै विभिन्न समितीहरु पनि गठन गरेर अधिवेशनको तयारी अगाडी बढिरहेको बताइएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन ह्याण्डबल मैदानमा चैत्र १६ गते अधिवेसनको खुल्ला शत्र हुने निश्चित भैसकेको छ भने १७ गते बन्द शत्र गरिनेछ। यस पटकको अधिवेसनमा हाल रहेका नगर कमिटी सदस्यहरु आयोजक कमिटीका रुपमा स्वत प्रतिनिधि बन्नेछन भने १३ वटा वडाहरुबाट थप प्रतिनिधि तथा मनोनित सहित करिव ३०० जना प्रतिनिधि चयन हुने बताईएको छ।
आगामी अधिवेशनबाट १ अध्यक्ष ,१ उपाध्यक्ष १ सचिव तथा २ उपसचिव सहित बढीमा ७१ सदस्यीय कमिटि गठन गर्न सकिने व्यबस्था रहेको समेत बताइएको छ।
को को छन् हाल नेतृत्वमा ?
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीमा हाल अध्यक्ष प्रदीप डंगोल , उपाध्यक्ष शम्भु प्रसाद भट्टराई , सचिव श्री कृष्ण श्रेष्ठ , उपसचिव धोर्जे तामांग तथा सुनिता गुरुङ रहेका छन्।
हाल कमिटीमा रहेका को को छन् नयाँ नेतृत्वका दावेदार ?
हाल नेतृत्वमा रहेका नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल पुन अध्यक्षका सशक्त दावेदार हुन्। धेरैले उनलाई पुन अध्यक्षको रुपमा करिव करिव निश्चित जस्तै मानेका छन्। उपाध्यक्ष शम्भु प्रसाद भट्टराई अध्यक्षका शसक्त दावेदार भएपनि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष भएका कारण कार्यकारी पोष्ट अध्यक्ष र सचिव बन्न नपाउने जिल्ला कमिटिको मापदण्डका कारण उनि पुन उपाध्यक्ष वा यस कमिटिबाट बिदा भै माथिल्लो कमिटीमा जान सक्ने सम्भावना छ। सचिव श्रीकृष्ण श्रेष्ठ पुन सचिव या उपाध्यक्ष बन्ने करिव निश्चित जस्तै छ। उपसचिव धोर्जे तामांग आफ्नो जागिरका कारण माथिल्लो कमिटिको दावेदार छैनन् भने अर्की उपसचिव सुनिता गुरुङको खासै चासो नरहेको बताइन्छ। नगर कमिटि सदस्यहरु मध्येबाट अहिलेसम्म उपसचिवको लागि करिव आधा दर्जनको दावी रहेको बताइएको छ।
को को छन् अन्य नयाँ नेतृत्वका दावेदार ?
हालसम्म कमिटि बाहिर रहेका र नेतृत्वमा दावी गर्ने केहि पात्रहरू अगाडि देखा परेका छन्। जसमध्य अध्यक्षको दावेदारका रुपमा धुर्व भट्टराई रहेका छन्। उनले आफूलाई अघिल्लो नगर अधिवेशनमा पार्टी नेतृत्वले आश्वाशन दिएको तर पुरा नगरेको भन्दै यो पटक नगर कमिटि अध्यक्षमा मैदानमा उत्रने बताउंदै आफ्नो अभियान शुरु गरिसकेका छन्। आफूलाई सर्वसम्मत अध्यक्ष नबनाए निर्वाचन प्रक्रियामा समेत जान तयार रहेको उनले घोषणा गरिसकेका छन्। उनलाई पुर्व बागमती प्रदेश कमिटि सदस्य एबम पुर्व बूढानीलकण्ठ नगरपालिकाका सल्लाहकारको दरिलो साथ रहेको बताइन्छ भने जिल्ला कमिटि अध्यक्ष दीपक निरौला तथा बर्तमान अध्यक्ष प्रदिप डंगोलसंग अशन्तुष्टहरुको समेत समर्थन रहेको छ।
त्यसै गरि नगर कमिटि सचिवमा अर्का दावेदार रहेका छन् – छन्द प्रसाद आचार्य। बूढानिलकण्ठ १२ का स्थायी बासिन्दा उनि अधिवक्ता हुन्। लामो समय देखि जिल्ला कमिटिको कानुन विभागमा रहेर काम गरेका उनको यो पटक पनि सचिव बन्ने चर्चा छ। समय र परिश्थिति अनुसार यो पटक आफू जिम्वेवारी लिन तयार रहेको र त्यहि अनुसार नेतृत्वसंग छलफल भैरहेको आचार्यले बताउने गरेको एमाले कार्यकर्ताको दावी छ।
त्यसै गरि नगर कमिटि सचिवमा दावेदार अर्का व्यक्ति हुन् – राजेन्द्र खड्का। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का पुर्व वडाध्यक्ष समेत रहेका उनले यो पटक नेतृत्व लिन आफ्नो अभियान शुरु गरिसकेका छन्।
फेरी निश्चित जस्तै प्रदीप डंगोल ?
बूढानिलकण्ठ नगरपालिकामा पटक पटक एमालेको नेतृत्वमा पुगेका डंगोल यो पटक पनि अध्यक्ष बन्ने निश्चित जस्तै छ। जिल्ला कमिटि अध्यक्ष दीपक निरौलाको दरिलो साथ रहेका उनलाई यो पटक पनि चुनौती दिने शसक्त उम्मेदवार हालसम्म देखिएका छैनन्। काठमाडौं जिल्लामै समयमा नै सबै १३ वटा वडाको अधिवेशन सम्पन्न गरेर रेकर्ड राख्न सफल कमिटि अध्यक्ष बनेका उनि काठमाडौं जिल्ला मै पहिलो नगर अधिवेशन आयोजना गर्ने अध्यक्ष बन्दै छन्। गत दुवै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बहुमत सहित नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा विजय हासिल गरेको क्रेडिट पनि उनको साथमा नै छ। धेरैले उनको सक्रियताको प्रशंशा समेत गर्ने गरेका छन्। सबै वडामा वडा अधिवेशन सम्पन्न गरेर डंगोलले आफू अनुकुल वडाहरूको नेतृत्व चयन गर्न सफल हुनु उनको लागि अर्को सकारात्मक पक्ष रहेको बताउने गरिएको छ।
तर केहि पक्षहरुले भने बूढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा मात्र क्षेत्र नम्बर ५ मा पर्ने हुनाले ८ वटा वडा भएको क्षेत्र नम्बर ४ बाट नेतृत्व चयन हुनुपर्ने भन्दै डंगोलको बिकल्प खोज्नुपर्ने तर्क गर्ने गर्छन। डंगोल पटक पटक नेतृत्वमा आइसकेको भन्दै अब नेतृत्व हस्तान्तरण हुनुपर्ने समेत आवाज उठाउन थालेको बताइन्छ। जिल्ला कमिटि अध्यक्ष दीपक निरौलाको कार्यशैली निरङ्कुश भएको भन्दै बाहिर खुलेर बिरोध गर्न नसके पनि भित्र भित्रै एक थरि आलोचकले डंगोल निरौलाको मान्छे भएको भन्दै बिरोध समेत गर्ने गरेका छन्। डंगोल अध्यक्ष भए दीपक निरौला आगामी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारको रुपमा आउन अझ सजिलो हुने भन्दै अहिले नै रोक्नुपर्ने भित्रि योजनामा समेत रहेका छन्।
तर जेसुकै भएपनि बिबिध कारणले डंगोल पुन अध्यक्ष बन्ने प्रवल सम्भावना रहेको तर हालका सचिव श्री कृष्ण श्रेष्ठ अध्यक्षको उम्मेदवार बनेमा भने उनलाई सबैभन्दा ठुलो चुनौती हुने देखिन्छ। यधपी श्रेष्ठलाइ डंगोल बिरोधिहरुले अध्यक्षको उम्मेदवार बन्न व्यापक दवाव सिर्जना गरिराखेको भएपनि उनले भने मुख खोलेका छैनन ।
तेसो भए के होला त ? भन्ने प्रश्नको उत्तर खोज्न भने आगामी चैत्र १७ गते बन्द सत्र नै कुर्नुपर्ने देखिन्छ।